१० असार २०८३, बुधबार | June 25, 2026

बाँके-२ को विकासका लागि यस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’(पूर्ण पाठसहित)



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन मार्फत उम्मेदवार राईले आफ्नो ‘दश दृष्टि’ सार्वजनिक गरेका हुन् । आफ्नो दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए।

बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटेका छन्। विभिन्न दश बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन्।

पत्रकारहरूसँगको साक्षात्कारमा उनले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताए। ‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उनले भने ‘काम गरिरहेको र गर्नसक्नेव्यक्तिलाई भोट दिनुस् भनेका छौं।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए।

‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ। उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनुभएको छ। कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन्। मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु।’ उनले भने ।

अन्य निर्वाचन क्षेत्रमा गठबन्धन सहित चुनावी प्रतिस्पर्धा भएपनि बाँके २ मा एमाले राप्रपा गठबन्धन बाहेक सबै पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५० बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार