१८ माघ २०८२, आइतबार | February 1, 2026

अभियानमा व्यस्त विष्णु पौडेल, राजनीतिक भन्दा विकासको एजेण्डामा केन्द्रित



बुटवल । तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तरराष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जनबढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् । लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडक लगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्व अर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिएका छन् । राजनीतिक भाषण र अरुको आलोचना कम, बिकास योजना बारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भिर देखिन्छन् । विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गरेका छन् ।

बुधबार बुटवल उपमहानगरका वडा नम्बर ११ र वडा नम्बर ८ मा घरदैलो अभियानसहित पुगेका पौडेलले आफ्ना बिकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथी उठेर साझा मानसिकताले अघि बढ्नु पर्नेमा जोड दिएका छन् । कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको बिकास नहुनेकुरा स्पष्ट पार्दै पौडेलले बिकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहन समेत आग्रह गरे ।

बिकासको नाममा कसैलाई पनि घरबार विहिन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले बुटवलमा सुरु गरिएका विभिन्न बिकास योजनाहरुमा राजनीतिक स्वार्थ साधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गरे । जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि बिकास योजना बारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी बिकास योजना बारे चिन्ता हुने गरेको उनले बताए ।

कालीगण्डकी डाइभर्सनका सम्बन्धमा गण्डकी प्रदेशका एमाले नेताहरुले नै चर्को विरोध र खरो टिप्पणी गरिरहेपनि पौडेलले त्यसको पर्वाह नगरि लगातार आफ्नो योजनामा डाईभर्सनको चर्चा गर्न छाडेका छैनन् ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा बिकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानु पर्नेमा जोड दिए । मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताए । ‘मुलुकलाई सही बाटोमा ल्याएर हिंडाउनका लागि नेकपा एमालेकै नेतृत्व आवश्यक छ ।’–पौडेलले भने, ‘मंसिर ४ पछि मुलुकको नेतृत्व एमालेले गर्छ । तपाईहरु ढुक्क भएर सूर्यमा मतदान गर्नुहोस् ।’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ०० बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए