१४ असार २०८३, आइतबार | June 29, 2026

झापा र भक्तपुरका ओलीले यही जिल्लाको नागरिकलाई पाहुना भन्न मिल्दैन : मन्त्री पौडेल



बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेकाछन् ।
बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
“म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकाशका लागि ज्यान दिए लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उनले भने ।
केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आउनुभएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिसभा सदस्यका उम्मेदवारलाई पाहुनाको संज्ञा दिएका थिए ।
पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गरे । “बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ, उनले भने, यहीँ आकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनुपरेको हो ।”

पौडेलले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्नबताएका छन् । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।
संविधानमा उल्लेख भएका जनताका अधिकारहरु तोडमोड गर्ने विरुद्धमा उभिन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०९ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा