२९ मंसिर २०८२, सोमबार | December 16, 2025

झापा र भक्तपुरका ओलीले यही जिल्लाको नागरिकलाई पाहुना भन्न मिल्दैन : मन्त्री पौडेल



बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेकाछन् ।
बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
“म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकाशका लागि ज्यान दिए लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उनले भने ।
केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आउनुभएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिसभा सदस्यका उम्मेदवारलाई पाहुनाको संज्ञा दिएका थिए ।
पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गरे । “बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ, उनले भने, यहीँ आकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनुपरेको हो ।”

पौडेलले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्नबताएका छन् । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।
संविधानमा उल्लेख भएका जनताका अधिकारहरु तोडमोड गर्ने विरुद्धमा उभिन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको