५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

‘नो, नट अगेन’ को पक्षमा सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो ।

निर्वाचन आयोगलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशनविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो । यो आदेशसँगै निर्वाचन आयोगले साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशन रोकिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०८ बजे

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह

काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र