२२ माघ २०८२, बिहिबार | February 5, 2026

समाजवादबाट जनताले न्याय, समानता र समृद्धि प्राप्त गर्न सक्छन् : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादबाट जनताले न्याय, समानता र समृद्धि प्राप्त गर्न सक्ने मान्यता राख्ने कम्युनिष्ट पार्टीहरू एकता हुने क्रम जारी रहेको बताएका छन् ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्तालाई एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले उद्देश्य, लक्ष मिल्नेहरू क्रमशः एकीकृत हुँदै गएको चर्चा गर्दै अध्यक्ष नेपालले नेपाली जनतालाई सबैखाले अन्याय, अत्याचार, गरिबी र पछौटेपनबाट मुक्त गरी राष्ट्रप्रतिको समर्पण भाव जगाउनु वर्तमानको आवश्यकता भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अबको कम्युनिष्ट आन्दोलन सिद्धान्तमा मात्र नभएर व्यवहारमा नै परिवर्तन र रूपान्तरणको आवश्यकता भएको बताए । कम्युनिष्ट नेता मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ताको सुरुआत गरेको बताउँदै उनले आफ्नै नेतृत्वको सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा वितरणको कार्य गरेकाले यस्ता सामाजिक रूपान्तरणको काम नेपालको इतिहासमा नै अहिलेसम्म कम्युनिष्ट सरकारले गरेको प्रष्ट पारे ।

अब नेपालमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको भन्दै अध्यक्ष नेपालले देशको आर्थिक स्तरोन्नतिका लागि कृषि, ऊर्जा र उद्योग क्षेत्रको विस्तार गर्न जरुरी रहेको विचार व्यक्त गरे ।

संविधान मिच्ने, अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति नेकपा (एमाले) नेतृत्वमा हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताउँदै अहिले संविधानको रक्षा गर्न निर्माण भएको गठबन्धनलाई निर्वाचनमा जनताले मतदान गर्नुपर्नेमा जोड दिए ।
–––

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १० : २१ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा