७ आश्विन २०८३, बुधबार | September 23, 2026

गठबन्धन होईन, ठगबन्धन हो– रुपन्देही २ स्वतन्त्र उम्मेदवार रुपसिंह



बुटवल । रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापाले अहिले बनिरहेको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् ।

थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन जनताको काम गर्नुभन्दा पनि आफ्नो स्वार्थका लागि गठबन्धन भएकाले उक्त गठबन्धन ठगबन्धन रहेको बताए ।

निर्वाचन पछि संसदमा जाँदा बरु देशलाई कसरी समृद्ध बनाउने विषयमा गठबन्धन गरेर अघि बढ्नुपर्नेमा अहिले आफ्नो जीतको स्वार्थलाई मात्र हेरेर ठगबन्धन गरेको आरोप उनले लगाए ।

साथै थापाले अहिले देशमा परिर्वतनको आशा नयाँ अनुहारबाट हुने आशा मतदाताले गरेको भन्दै आफु मतदाताको घरदैलोमा पुग्दा सकारात्मकलाई प्रक्रिया पाएको बताए । साथै उनले आफ्नो जीत निश्चित भएको पनि दावी गरे ।

सोही पत्रकार सम्मेलनमा थापाले आफुलाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको बताए । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन ।

संयोजक खड्काले स्वतन्त्रहरुलाई नै जिताउने आफूहरुको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ३२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज