३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन



चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उनले निर्देशन दिएका हुन ।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सत्य सेवा सुरक्षणमको सङ्कल्पसहित प्रहरीले मतदानस्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताए । उनले भने, “मङ्सिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर लाग्नुहोस् ।”

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गरे ।

“मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर कोही आत्तिनु पर्दैन”, उनले भने । थपलियाले थपे, “ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई उत्साहका साथ सुरक्षाको प्रत्याभूति गराउनुस् ।” प्रमुख आयुक्त थपलियाले मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपाइँका विरुद्धको कुदृष्टि हो । उनले भने, “त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुखलगायत सहभागी कार्यक्रममा शिक्षालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले आयोगको निर्देशनबमोजिम निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउन प्रहरीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गरेका थिए ।

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

प्रमुख निर्वाचन आयुक्त थपलियाले मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रचलित कानूनबमोजिम निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि यहाँ आयोजित तालिमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए ।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन मङ्सिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे ।

कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रजिअ तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ३० बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र