७ आश्विन २०८३, बुधबार | September 23, 2026

सत्ताको लुछाचुँडीमा लागे गठबन्धनलाई आफ्नो साथ समर्थन रहँदैन : घनश्याम भुसाल



बुटवल । बामपन्थी नेता एवं रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बाम लोकतान्त्रिक गठबन्धनका नेताहरु सत्ताको लुघाचुँडी नाफाघाटाको बाटोमा हिँडे आफ्नो समर्थन नरहने बताएका छन् ।

एबीसी न्युजका लागि पत्रकार शुभशंकर कंडेलसंगको कुराकानीमा नेता भुसालले गठबन्धन कार्यक्रम र लक्ष्य प्राप्तिका लागि हुनु पर्ने बताए ।

उनले गठबन्धन निश्चित कार्यक्रम, लोकतन्त्र, संबिधानको रक्षा र देश बनाउने रणनीतिका साथ प्रस्तुत भए आफ्नो साथ र योगदान रहने बताउँदै सरकार बनाउने, ढाल्ने र फेरि सरकारका लागि लुछाचुँडी गर्ने खेलमा लागे आफ्नो विरोध सहित साथ नरहने बताए । विगतका जनआन्दोलनका उपब्धिहरुलाई दलहरुले रक्षा गर्न नसकेको टिप्पणी गर्दै नेपाली राजनीतिमा ओली प्रबृत्ति देखिएपछि युवाहरुमा राजनीति र दलहरु प्रति बितृष्णा बढेको बताए । एमाले अध्यक्ष केपी ओलीको गतिबिधिले युवाहरुमा नो नट अगेनको भावना बढेको बताउँदै भुसालले ओली प्रबृत्ति रोक्न नसके मुलुकले नसोंचेको नतिजा बेहोर्नु पर्ने चेतावनी दिए ।

एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार भएका भुसालले आफुसँगै एमाले नछाडेका उमालेका १० बुँदेका पक्षधर नेताहरुको भने प्रसंशा गरे । एमालेमै अडिएका १० बुँदेका पक्षधर नेताहरुले अध्यक्ष ओलीले चालेको कदमको कतै समर्थन सहमति नजनाएको उल्लेख गर्दै ओलीले गरेका गतिबिधिको प्रतिबाद गर्दै पार्टीमा रहेको चर्चा गरे ।

उनले आफु अकबरे सुन जस्तै नेता नभएर आफ्ना पनि कमी कमजोरी रहेको बताउँदै त्यस्ता कमीलाई समर्थकहरुले आलोचना गरेर सच्याउन सहयोग गर्न पनि उनले आग्रह गरे । रुपन्देही १ का जनताले आफुलाई कम्तीमा भ्रष्टाचार नगर्ने, सहि विचार र सिद्धान्त बोक्ने र जनतको एजेण्डा बोकेर हिँड्ने नेताकारुपमा लिएको दाबी गर्दै त्यही विश्वासले आफुले चुनावमा सफलता प्राप्त गर्ने पनि बताए । उनले चमत्कारिकरुपमा एमाले भित्र रहेका समर्थक र कार्यकर्ताहरुको मत आफुले पाउने पनि दाबी गरे ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज