२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

शासक रोज्ने कि विकास ? : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको मतदान निकै महत्वपूर्ण रहेको बताए ।

‘अहिले हामी जेजति भएका छौं। जसरी हामीले राज्यका निर्णायक तहमा सहभागी हुने अवसर पाएका छौं ती सब हामीले गरेको मधेस आन्दोलनका उपलब्धी हुन्’ उनले भने ‘एकथरि छन् हाम्रा यी उपलब्धीहरूलाई फेरि मेटाउनका लागि अहिले चुनावमा खडा भएका छन्। जसले हामीलाई फेरि उही दास बनाउन चाहन्छन् र आफू राजाको हैसियतमा रहन खोजिरहेका छन्।’

उनले समाजमा फेरि विभाजन ल्याउन र सामाजिक सद्भाव खलब्ल्याउने खालका मुद्दाहरू उठाएर प्रतिस्पर्धीहरूले मतदातालाई म्रमित पार्न खोजेको भन्दै त्यस्ता भ्रमका पछि नलाग्न पनि मतदातालाई सम्झाए । हरेक निर्वाचनले उम्मेदवारको मात्रै नभएर मतदाताको समेत विवेकको परीक्षा लिने भन्दै राईले यो निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने निर्णय जनताकै हातमा रहेको पनि बताए।

‘यो तपाईं हामी सबैको विवेकको परीक्षा पनि हो। यो निर्वाचनको परीक्षामा हामीलाई कुनै पनि भुल गर्न छुट छैन’ उनले भने ‘हामीले सही विवेक गर्न भुल्यौं भने त्यसको परिणाम हामीले मात्रै होइन फेरि हाम्रा कैयौं पुस्ताले भुक्तान गर्नुपर्नेछ। पहिलो त हाम्रा अधिकारहरू फेरि खोसिनेछन्। र फेरि हामीमाथि शासन गर्नेहरू राजा हुनेछन्। अनि यहाँको विकास पनि वर्षौं पछि धकेलिनेछ।’

आर्य सेवा समाजका उपाध्यक्ष स्वामीदयाल कनोजियाको अध्यक्षतामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले कैयौं दलित समुदायलाई राज्यले अझै सूचितकृत नगरेको भन्दै त्यसका लागि पहल गरिदिन उम्मेदवार राईसँग आग्रह गरेका थिए।

जवाफमा उम्मेदवार राईले आफू राज्यबाट पछि पारिएका यस्तै समुदायको पहिचान र अधिकारकालागि लडिरहेको भन्दै त्यसका लागि राज्यसँग फेरि पनि आवाज उठाउने बताए। ‘मैले त्यही हाम्रो पहिचान र अधिकार फेरि नखोसियोस् र अझ हामीले पाउनेपर्ने धिकारहरूका लागि लड्न नै भोट मागिरहेको छु’ उनले भने ‘आफ्ना वर्ग र समुदायको पहिचानमाथि हाम्रा पुस्ताले गर्व गर्नसक्ने र यहाँको समग्र विकासका लागि यसपालि हामीलाई भोट दिनुहोस् भनिरहेका छौं।’

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ५८ बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ