२१ भदौ २०८३, आइतबार | September 6, 2026

राजीव गान्धीको हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा



नयाँ दिल्ली । राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।

अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए ।

नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ०३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका