२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मतदाताको समस्या सुन्दै घनश्याम, समस्या समाधान गर्ने प्रतिबद्धता



बुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् । प्राय उम्मेदवारहरु जनताकोमा एकोहोरो आफ्नो एजेण्डा सुनाएर हिँड्ने गरेपनि घनश्यामले भने मतदाताले गरेका प्रश्नै प्रश्न सुन्ने र समाधानको उपाय पनि खौजदै हिँड्न थालेका छन् ।

आइतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसंग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीयहरू मतदाताले छेदि गुप्ताले भुसालसंग भने, ‘यो बाटोको हालत हेर्नुहोस्, तपाईं जितेर आउनुहुन्छ कि हुन्न ?’

आफूहरू पटक–पटक ठगिएको भन्दै आक्रोशित मुद्रामा देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि भोजपुरी भाषामा आफ्नो गुनासो पोखे । उनले भुसाललाई सुझाए, ‘तपाईं यहीँको मान्छे पनि हो,  विकास गर्नुहोला, भ्रष्टाचार नगर्नुहोला ।’

स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साईकल पन्चर हुने गरेको गुनासो गरिन् । साइकल समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उनले बताइन् ।

मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले यस क्षेत्रको विकासका लागि आफूले इमान्दार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्‍याए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु ।’

मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिबद्ध रहेको बताए । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

घनश्याम भुसालले आफ्नो घोषणा पत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गरेका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडक र भित्री सडकको समेत योजना कोरेका भुसालले स्तरीय सडक, खानेपानी, विद्युत तथा निःशुल्क शिक्षा र स्वास्थ्य तथा कृषि एवं उद्योग–ब्यापारमा युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ३२ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ