६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अब प्रत्येक दिन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले उम्मेदवारले गरेको खर्चको विवरण पठाउने



काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रुपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउनु पर्ने भएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाईका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।

बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमा भित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७ बजे भित्र प्रतिवेदन पठाउनु पर्ने निर्णय गरेको छ ।

प्रतिवेदन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा पठाउनु पर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ०४ बजे

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।