५ पुस २०८२, शनिबार | December 20, 2025

रामचन्द्र पौडेलले भने – प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन्



गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको जिकिर गरेका हुन् ।

“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, पौडेलले भने्, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने दाबी गरे । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उनले भने, “रुखले हँसिया हतौलाई भोट हाल्नुस्, हँसिया हतौडाले रुखलाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।”

प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने पौडेलले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ०७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता