१५ असार २०८३, सोमबार | June 29, 2026

रामचन्द्र पौडेलले भने – प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन्



गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको जिकिर गरेका हुन् ।

“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, पौडेलले भने्, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने दाबी गरे । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उनले भने, “रुखले हँसिया हतौलाई भोट हाल्नुस्, हँसिया हतौडाले रुखलाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।”

प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने पौडेलले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ०७ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि