२ भदौ २०८३, मंगलबार | August 18, 2026

आसन्न चुनावमा ‘गडवड’ गर्ने विप्लव समुहका नेता प्रकाण्डको चेतावनी



बुटवल । चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि चुनावी कार्यक्रममा ‘गडवड’ गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । सो पार्टीले आज बुटवलमा आयोजना गरेको चुनाव भण्डाफोर सभालाई सम्बोधन गर्दै दलाल पुजिवादी चुनाव बहिस्कारका लागि ‘गडवड’ गर्ने चेतावनी दिएका हुन् । उनले कस्तो खाले ‘गडवड’ हो भन्ने विषय भने खुलाएनन् ।

उनले दलाल पुँजिवादी व्यवस्थालाई खरानी नपार्दा सम्म कम्युनिष्ट पार्टीले ‘गडवड’ गरिरहनु पर्ने पनि बताए । उनले सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै राज्यले गिरफ्तार र दमन गरे त्यसको प्रतिबाद गर्न पनि निर्देशन दिए ।

नेता प्रकाण्डले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहिन सुकुम्बासरुलिाई उठबिास गराउन खोजिएको आरोप लगाउँदै बैकल्पिक व्यवस्थाबिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी पनि दिए । करिडोर आवश्यक भएपनि जनताको गाँस र बास भन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले विप्लव समुहसँग रुपन्देहीमा वार्ता भइरहेको खुलासा गरेकै अर्को साता सो समुहले बुटवलमा चुनाव भण्डाफोर सभाको आयोजना गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३१ बजे

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको