३ पुस २०८२, बिहिबार | December 18, 2025

एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् : इश्तियाक राई



नेपालगन्ज । मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्।

प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन गर्दै राईले फेरि पनि यस क्षेत्रमा समग्र विकासको लहर ल्याउनका लागि जसपाका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका थिए।

‘तपाईं-हामी सबैको एक-एक मतको महत्व छ। यो क्षेत्रको विकासका लागि हाम्रा सबै मत अमूल्य छन्। त्यसैका आधारमा यहाँको विकासको मार्गचित्र तयार हुनेछ’ उनले मतदाताहरूलाई सम्झाउँदै भने ‘यो महत्वपूर्ण घडीमा एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् र झुटा आश्वासनहरू कहिल्यै पूरा हुनेछैनन्।’

राईले समाजमा विग्रह ल्याउन र सामाजिक सद्भाव खल्बल्याउनका लागि अहिले प्रतिस्पर्धी उम्मेदवारहरूले धर्म र सम्प्रदायका मुद्दाहरू चर्काइरहेको आरोप पनि उनले लगाए। ‘यस्ता मुद्दाले हाम्रो प्रगती हुँदैन। हामी फेरि उही युगमा फर्किने कि विकासको नयाँ युगमा आफ्ना पुस्तालाई डोर्यादउनेरु यो गम्भिर प्रश्न हो र त्यसको फैसला हाम्रा एकएक मतहरूले गर्नेछन्’ उनले भने ‘अब धर्म, जाति र सम्प्रदायका कुरा गरेर जनता वेवकुफ बनाउने समय छैन। हरेक मतदाता सचेत हुनुहुन्छ र आफ्नो मतको मूल्य सबैलाई थाहा छ।’

आफूविरूद्ध छरिएका भ्रम र लगाइएका आरोपहरूलाई प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी ठहरिए जनताले गरेको फैसला र सजाय भोग्न तयार रहेको पनि बताए। ‘म जहिले पनि मतदाताको शक्तिलाई विश्वास गर्छु। उहाँहरूकै साथ र सहयोगले मैले पटक पटक चुनाव जितेको पनि छु। यहाँका जनताले हामीप्रति देखाएको उत्साहले हामीलाई अझ हौसला बढेको छ र जनताको यही साथ नै हाम्रो जित्ने आधार हो’ राईले भने ‘यो क्षेत्रका जनताले देखाएको यो सद्भाव र हामीप्रति गरेको विश्वासलाई हामीले खेर जान दिने छैनौं। हामीले हरेक मतको कदर गर्नेछौं र त्यो मतसँग गाँसिएको जनताको अपेक्षा पनि पूरा गर्नेछौं।’

चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई अझ तीव्र बनाएको छ। मतदातासँग भेटघाट, मतदाता शिक्षा तथा चुनावी सभाहरूलाई उसले घनिभूत बनाइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका