२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बाँके २ मा आयो कांग्रेस उम्मेदवारको संकल्पपत्र



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक गरिएको छ । सोमवार नेपाली कांग्रेस बाँके जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १० वटा बुँदे संकल्प पत्र सार्वजनिक गरिएको हो ।

बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य सुदीप नरसिंह राणा, प्रतिनिधिसभा सदस्य सुरेन्द्र हमाल, राजकुमार वर्मा, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकी लगायतले संयुक्त संकल्प पत्र सार्वजनिक गरे ।

बाँके क्षेत्र न २ मा कांग्रेस नेतृत्वमा शुरु भएका विकास निर्माणका योजनामा थप आवश्यक योजना र कार्यक्रमलाई प्राथमिकीकरण गर्दै संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई महत्व दिइएको छ ।

संकल्प पत्रमा खानेपानी, सरसरफाई, पर्यटन, यूवा रोजगार तथा खेलकुद, भौतिक पुर्वाधार तथा सडक, आर्थिक विकास, महिला तथा पछाडी परेको समुदाय लगायत अलग अलग विषय उठान र सम्वोधनको पहल गरिने उल्लेख गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगञ्ज विश्व विद्यालयको रुपमा स्तरोन्नती गर्ने, भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तरण गर्ने, नेपालगञ्जमा चक्रपथ निर्माणलाई संकल्प पत्रमा उच्च प्राथमिकतामा राखिएको छ ।

त्यस्तै मंगल प्रसाद कन्या क्याम्पसका छात्राहरुलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने, यस क्षेत्रका विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्रशिक्षण र प्रविधीको प्रयोग गर्ने, प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरुका लागि पुस्तक तथा छात्रवृत्तीको व्यवस्था, नैतिक शिक्षाका लागि सँस्कृत, उर्दु र अवधी भाषालाई प्रोत्साहन गर्ने संकल्प गरिएको छ ।

कृषि क्षेत्रलाई पनि सबल बनाउन विभिन्न किसिमका कार्यक्रम ल्याउने संकल्प गरिएको छ । किसानलाई सहज रुपमा मल, खाद, बीउ-विजन उपलब्ध गराउने, घरमा रहेका फोहोरबाट कम्पोष्ट मल उत्पादन, सिक्टा सिँचाइलाई व्यवस्थित बनाइ किसानलाई नहरसँग जोड्ने, ग्रामिण वडा तथा डुडुवालाई तरकारी पकेट क्षेत्रमा विकास गर्ने, कोल्ड स्टोरको व्यवस्थापन लगायतलाई संकल्प पत्रमा समेटिएको छ ।

संकल्पपत्रमा सिपमूलक तालिम, रोजगार सूचना केन्द्र, रोजगारीका कक्षाहरु निःशुल्क उपलब्ध, निःशुल्क इन्टरनेट, एक वटा एक खेलकुद मैलान जस्ता कुराहरु पत्रमा उल्लेख छ । भौतिक पूर्वाधारतर्फ नेपालगन्जमा चक्रपत निर्माण, यस क्षेत्रका टोल/बस्तीमा आवश्यकता अनुसार सडक बिस्तार, डुवान तथा ढल निकासलार्ई व्यवस्थित, राप्ती नदी तथा डुडुवा खोलामा भरपर्र्दो तटबन्ध गर्ने काँग्रेसको संकल्प पत्रमा उल्लेख छ ।

त्यस्तै आर्थिक विकासका लागि नेपालगन्जको व्यापार बढाउन आवश्यक समन्वय तथा कार्यान्वयन, उद्योगलाई सहुलियत कर्जा तथा कर छुट, खाली रहेको सरकारी संरचनाको उपयोग, व्यवसायीलाई पुँजी, प्रविधि तथा उत्पादनको बजारीकरण गर्ने जस्ता कुरा पनि समेटिएका छन् ।

संकल्प पत्रमा महिला तथा पछाडी परेका समुदायको उत्थान तथा विकासका लागि विभिन्न किसिमका कार्यक्रम लागु गर्ने, छाडा पशु चौपायलाई व्यवस्थापन गर्ने ठोस योजना कार्यान्वयन, घर-घरमा सामाजिक सुरक्षा भत्ता लगायतका विषयलाई पनि काँग्रेसले प्राथमिकतामा राखेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ३० बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी