२२ माघ २०८२, बिहिबार | February 5, 2026

सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परे : विश्वकर्मा



देवदह । सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताए ।

रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरु सत्ता गठबन्धनले कटौती गरेर देशलाई वर्वादी तर्फ धकेलेको आरोप लगाए ।

रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदाता संग कुराकानी गर्दै उहाले उक्त कुरा बताएका हुन ।

उनले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर लैजाने दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले नागरिकको चाहना अनुसार विकास निर्माणका काम अगाडि बढाउने बताउदै मंसिर ४ पछि बन्ने नेकपा एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउने दावी गरे ।

नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताए । उनले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले विदेशी नागरिकलाई नागरिक दिन तयार हुने सत्ता गठबन्धनबाट देशको विकास हुन नसक्ने ठोकुवा गरे ।

उनले अहिलेको निर्वाचन राष्ट्र बचाउने कि विग्राने वीचको लडाई भएको हुदा नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिषकुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले राष्ट्र र राष्ट्रिताको लागि तिन दल वीच चुनावी तालमेल भएको बताए । नेकपा एमाले, राप्रपा, जसपाको संयुक्त निर्वाचन परिचालन कमिटी देवदह ६, का संयोजक नेत्रप्रसाद काप्mलेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता माधव रिमाल लगायतले आ-आफना भनाई राखेका थिए । निर्वाचन परिचालन समितिका सदस्य विष्णु बरालको स्वागत र नेकपा एमाले देवदह ६, शाखा कमिटीका अध्यक्ष राजन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : २० बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर