२७ बैशाख २०८३, आइतबार | May 10, 2026

ड्युटीमै बेहोस भएका नेपालगन्ज विमानस्थलमा गार्ड इन्चार्ज भण्डारीको मृत्यु



नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सई प्रेम भण्डारीको ड्युटी गरिरहेकै अवस्थामा मृत्यु भएकोछ । बैतडी स्थायी घर भइ नेपालगन्ज विमानस्थल सुरक्षामा रहेका बरिष्ठ सई भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढलेको र अस्पताल पुर्याएलगत्तै मृत घोषणा भएको प्रहरीले जनाएको छ ।

विमान स्थल सुरक्षा गार्ड ईन्चार्ज भण्डारीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डीएसपी रामप्रसाद घर्तीमगरले पुष्टि गरे । डीएसपी घर्तीका अनुसार भण्डारीको हृदयघातबाट निधन भएको प्रारम्भिक अनुमान गरिएको छ । ड्युटिमै रहेको बेला मङ्गलबार बेलुका पौने ६ बजे भण्डारी बेहोस भएका थिए। मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिर्पोटबाट थाहा हुने घर्तीले बताए ।

हृदयघातको लक्षण देखिए पनि पोष्टमार्टम रिर्पोटबाट मृत्युको कारण खुल्ने प्रहरीले बताएकोछ । भण्डारीको शवलाई भेरी अस्पतालमा राखिएकोछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका