३० श्रावण २०८३, शनिबार | August 15, 2026

खोटाङमा निर्वाचन अवधिभर मादक पदार्थ निषेध



खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्रीवितरण तथा सेवन गर्न निषेध गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह-मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन् । स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भए/गरेको पाइएमा कानून वमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : २८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर