७ पुस २०८२, सोमबार | December 22, 2025

प्रचण्ड हराएका राजन केसीलाई राप्रपाका उम्मेदवार चुनौती



काठमाडौं। सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी (राजन केसी)लाई उम्मेदवार बनाएको छ ।

केसीले २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए ।

अहिले उनै प्रचण्डसहितको उनको पार्टी माओवादी केन्द्रको समर्थनमा चुनावी मैदानमा छन्, राजेन्द्रकुमार केसी । तर, उनलाई चुनौती दिनेगरी कांग्रेस परित्याग गरी राप्रपा गएका बलराम थापाले उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका केसी यसपटक राप्रपाका थापा,  एमालेका हिमेश केसीसहितको उम्मेदवारसँग प्रतिस्पर्धामा छन् ।
दक्षिणकालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलराम थापाले एमसीसी पास गर्न भूमिका खेलेकाले कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवार बनेको बताए ।

यसअघि निर्वाचनमा जिताउन भोट माग्दै हिँडेका थापाले यसपटक उनै केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी सभामा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र, जिल्ला अध्यक्ष नवराज सिंखडालगायत राप्रपाका नेता सहभागी थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : ०९ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको