३० श्रावण २०८३, शनिबार | August 15, 2026

बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाद्वारा ध्यानाकर्षण



बुटवल । बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।

बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरु शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट शुरु गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको बस्ती र व्यवसाय प्रभावित भएको, शहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराए ।

‘उतिबेला बुटवलबाट सडक विस्तारको काम हुन्छ भनिएको थियो, तर सडक विस्तारको काम भनेजसरी शुरु हुन सकेको छैन, उनले भने–’यसमा आयोजना कार्यालयले बुटवल क्षेत्रको अवस्थालाई बुझेर सोहीअनुसार विस्तारको काम अघि बढाउनुस्, हामी कसरी सहकार्य र सहयोग गर्नुपर्ने हो, हामी तयार छौं ।’

नगरप्रमुख पाण्डेयले रामनगरस्थित पशु बधशाला जाने बाटोको व्यवस्थापन गर्नका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गरे । ‘सडकको डिजाइनमा पशु बधशाला जाने बाटो रहेनछ, बधशाला निर्माण भइसकेको छ, त्यहाँ जाने बाटो पनि डिजाइनभित्र राखेर व्यवस्थापन गर्ने कुरामा योजना कार्यालयले सहजीकरण गर्नुपर्छ’–उनले भने–’बधशालामा जाने बाटो डिजाइनमा राखेर दीर्घकालीन रुपमै व्यवस्थापन होस् भन्ने हाम्रो चाहना हो ।’

छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीब्रता दिने प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचनलगत्तै सडक विस्तारलाई अघि बढाउने गरी तयारी भएको बताए । रामनगरस्थित पशु बधशाला जाने सडक निर्माणका लागि डिजाइनमै राखेर काम अघि बढाउने पनि उनले बताए ।

बुटवल–नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो ।

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।

२०७५ चैत ८ गते बुटवलबाट शिलान्याश भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताए ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : १४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर