६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्जमा विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट, २ जना घाइते



नेपालगन्ज । नेपालगन्जमा विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुँदा २ जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका १० भृकुटी नगरमा डेरा गरि बस्ने २ जनाले विस्फोटक बदार्थ बनाउने क्रममा बिस्फोट हुँदा दुबै जना घाइते भएको प्रहरीले जनाएको छ ।

भृकुटीनगर स्थित स्थानीय दिवाकर बिक्रम मल्लको घरमा डेरा गरि बस्ने सल्यानका २७ वर्षिय डिल्ली बहादुर बीसी क्षेत्री र कैलाली घोडाघोडी घर भई बीसीसँगै डेरा गरि बस्ने ३३ वर्षिय धर्मबहादुर सुनार विस्फोटक पदार्थ बनाउने क्रममा बिस्फोट भएर घाइते भएको बाँके प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

घाइते भएका दुबै जनालाई भेरी अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेजमा पठाईएको र घाइतेहरुमध्य धर्मबहादुर बिक गम्भीर अवस्थामा रहेको डीएसपी घर्तीले बताए ।

घटनास्थललाई शील गरि नेपाली सेनाको बम डिस्पोजल टोलिले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । सेनाको अनुसन्धान पछि मात्र घटनाको वास्तबिक विवरण आउने डीएसपी घर्तीले बताए ।

घाइते डिल्ली क्षेत्री विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ४८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन