२ असार २०८३, मंगलबार | June 16, 2026

पोखरा म्याराथनको विजेताले ५ लाख पाउने



पोखरा । ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।

आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाए ।

पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ । म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म पनि पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ ।

गण्डकी प्रदेशतर्फ विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

हाफम्याराथन महिलातर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउनेछन् । १० किमि महिला तथा पुरुष दौडका विजेताले ३ लाख पाउनेछन् भने द्वितियले २० हजार र तृतियले १५ हजार प्राप्त गर्नेछन्

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ४२ बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार