१५ असार २०८३, सोमबार | June 29, 2026

राजेन्द्र लिङ्देनले जित दोहोर्‍याउनेमा राप्रपा ढुक्क



झापा। आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ ।

२०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । उनको जित निश्चित रहेको राप्रपा झापा अध्यक्ष केशव ओझा दाबी गर्छन् ।

झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ ।

लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला चुनावी मैदानमा उत्रिएका छन् । तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ । अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो । तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ ।

स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए । दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९,  तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ ।

यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ ।

जसकारण स्थानीय तह निर्वाचनको भन्दा अहिले राप्रपाको मत बढी आउने राप्रपा नेताहरु बताउँछन् । सिटौलालाई हराउन सकिने स्थानीय तहकै मतपरिणामको आधारमा भन्न मिल्ने अध्यक्ष ओझा बताउँछन् ।

कांग्रेसमा सिटौलाको राजनीतिक साख गिर्दै गएको र धर्मनिपेक्षताजस्ता केही विवादास्पद घोषणा गराउन सिटौलाको भूमिकालाई जनताले बुझेकाले पनि उनको पराजयलाई सहयोग गर्ने राप्रपाको बुझाइ छ ।

पटक पटक सत्तामा पुग्दा सिटौलाले डुबान, नदी कटान, हात्ती आतंकजस्ता समस्या समाधानमा चासो नदिएको र यस समस्या समाधानमा लिङ्देनले काम गरेकाले पनि सिटौलाको पराजय र लिङ्देनको जितलाई मजबुद बनाएको राप्रपाको बुझाइ छ ।

पार्टी अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनको लोकप्रियता बढेको, राप्रपाप्रति आममतदाताले आशा राखेको, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने बताएका लिङ्देनको जितलाई सिटौलाले रोक्न नसक्ने राप्रपा झापा अध्यक्ष केशव ओझा बताउँछन् ।

यता लिङ्देनलाई पराजित गरेर बदला लिन दाउमा छन् सिटौला पनि । उनी पनि यसपटक लिङ्देन पराजित हुने दाबी गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ०६ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ