५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेका छन् भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखिएको छ ।

यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र सामानुपातीक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचीत हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ ।  पर्यवेक्षणद्वारा निर्वाचनको विसवस्नीयतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरीयाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका अनुसार मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवस्यक्ता अनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगीसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशीत गर्ने, मादकपदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गर्नेछन् ।

सामाजीक सञ्जालबाट कुनै किसीमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावीत हुनबाट आयोग सचेत रहेको प्रवक्ता पौडेलको भनाई छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ०९ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका