५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्।

यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ।

मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम तयारीमा जुटेका राईले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी भएर आफ्ना प्रतिनिधि छान्ने मौलिक अधिकार प्रयोग गर्न पनि अपिल गरे ।

‘आफूले चुनेका उम्मेदवारहरू यो देशका सांसद वा मन्त्रीमात्रै हुँदैनन्। आफ्नो क्षेत्रका विकास र समृद्धिका भविष्य पनि हुन्। कस्ता उम्मेदवार चुन्ने, कस्ता प्रतिनिधि छान्ने रु हरेक नागरिको त्यो छनोटले आफ्नो क्षेत्रको भविष्य पनि संकेत गरिरहेको हुन्छ’ चुनावको स्थिर अवधि सुरू हुनुअघि मतदातालाई सम्बोधन गर्दै राईले भनेका छन् ‘त्यही अधिकारको प्रयोग गर्नुस्। तपाईं हाम्रो हरेक मतमा यो क्षेत्रको मात्रै होइन, हाम्रो मात्रै होइन, हाम्रो पुस्ताको समेत भविष्यण कोरिन्छ। यो देशको भविष्य कोरिएको हुन्छ। त्यसैले मंसिर ४ गते मताधिकार प्राप्त सबैजनाले विवेकपूर्ण मतदान गरौं।’

‘मैले सदैव यहाँको विकास(निर्माण र सेवा प्राप्तिको चाहनालाई आत्मसात गर्दै आफ्नो तर्फबाट सम्भव भएसम्मका काम गरिरहेको विषयमा यहाँहरू सबै हुनुहुन्छ। बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं। २ का मतदाताले २०७४ सालको आम निर्वाचनमा विजयी गराएर जताउनुभएको विश्वास कायमै राख्न म निरन्तर प्रयत्नरत रहें’ उनले भनेका छन् ‘मैले गरेका कामहरूका आधारमा यहाँहरूले मेरो पछिल्लो कार्यकालको विश्लेषण र मूल्यांकन गर्नु नै भएको छ। मैले आगामी ५ वर्षमा ल्याउने कार्यक्रम र नीति समेटिएको ‘१० दृष्टि’ मार्फत यस क्षेत्रका लागि हाम्रो भावि योजनाबारे पनि प्रष्ट्याइसकेको छु। जसलाई यहाँहरूले अत्यन्तै मनपराई दिनुभएको र विश्वास गरिदिनुभएकोमा आभार पनि व्यक्त गर्दछु।’

पदमा रहे पनि नरहे पनि यो क्षेत्रको विकास र नागरिकको सुख, दुस्खमा आफू सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै राईले प्राप्त उपलब्धीहरूलाई जोगाउनका लागि आफू जुनसुकै ठाउँबाट जीवनभरि लडिरहने पनि राईले बताएका छन्।

उनले विकास विरोधी र यो क्षेत्रको समाजिक सद्भाव भत्काउने प्रयासलाई विफल पार्नका लागि मंसिर ४ गते उनीहरूलाई त्यही मतपत्रबाट जवाफ दिन पनि मतदातालाई अपिल गरेका छन्।

विकास, समृद्धि र समाजिक सद्भावको चाहनासँग आफू सधैं सन्निकट रहिरहने भन्दै उम्मेदवार राईले जनताको यो उत्साह अनि सपनाहरूले कहिल्यै हार्नु नपर्ने बताए। जनताको यही शक्तिलाई आफ्नो जितका रूपमा लिएको भन्दै उनले फेरि एकपटक यही हिम्मतका साथ चुनावी मैदानमा उत्रिएको पनि बताएका छन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ५१ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०