७ आश्विन २०८३, बुधबार | September 23, 2026

चुनाव जित्न गृहमन्त्री खाँणले गराए उधारो लिखित सहमति (सहमतिपत्रसहित)



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आफ्नो पक्षमा पार्न एक व्यवसायीसँग आगामी निर्वाचनमा मेयर बनाउने उधारो लिखित सम्झौता गराएका छन् ।

गृहमन्त्री खाँणले आसन्न निर्वाचनमा खाँणलाई सघाउने सर्तमा आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने उधारो लिखित सम्झौता गराएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा भैरहवाको गल्लामण्डीका स्थानीय व्यवसायी कृष्णप्रसाद शर्मासँग सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको लिखित सहमति सार्वजनिक भएको छ ।

वर्तमान मेयर इस्तियाक अहमद खानलाई रोहबरमा राखेर गरिएको लिखित सहमतिमा सहमतिमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण र व्यवसायी कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सहमति भएको भनिएको पत्रको स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ । यो सहमति कार्तिक महिनामा नै भएको स्रोतको दाबी छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।

‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाँणलाई जिताउन कृष्ण प्रसाद शमाएको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुराउने । कृष्ण प्रसाद शर्माले पुराएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर पालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने ।’ सहमतिपत्रमा लेखिएको छ ।

गृहमन्त्री खाँणविरुद्ध राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । खाँणलाई ५ वटा दलको समर्थन रहेको छ भने बोहरालाई नेकपा एमाले र जनता समाजवादीको समर्थन गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज