४ पुस २०८२, शुक्रबार | December 20, 2025

चुनाव जित्न गृहमन्त्री खाँणले गराए उधारो लिखित सहमति (सहमतिपत्रसहित)



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आफ्नो पक्षमा पार्न एक व्यवसायीसँग आगामी निर्वाचनमा मेयर बनाउने उधारो लिखित सम्झौता गराएका छन् ।

गृहमन्त्री खाँणले आसन्न निर्वाचनमा खाँणलाई सघाउने सर्तमा आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने उधारो लिखित सम्झौता गराएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा भैरहवाको गल्लामण्डीका स्थानीय व्यवसायी कृष्णप्रसाद शर्मासँग सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको लिखित सहमति सार्वजनिक भएको छ ।

वर्तमान मेयर इस्तियाक अहमद खानलाई रोहबरमा राखेर गरिएको लिखित सहमतिमा सहमतिमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण र व्यवसायी कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सहमति भएको भनिएको पत्रको स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ । यो सहमति कार्तिक महिनामा नै भएको स्रोतको दाबी छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।

‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाँणलाई जिताउन कृष्ण प्रसाद शमाएको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुराउने । कृष्ण प्रसाद शर्माले पुराएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर पालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने ।’ सहमतिपत्रमा लेखिएको छ ।

गृहमन्त्री खाँणविरुद्ध राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । खाँणलाई ५ वटा दलको समर्थन रहेको छ भने बोहरालाई नेकपा एमाले र जनता समाजवादीको समर्थन गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको