५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

निर्वाचन सुरक्षाका विषयमा प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रधानसेनापति शर्माबीच भेटवार्ता



काठमाडौं । आउँदो आइतबार (४ मंसिर) मा  हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको जानकारी गराए ।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरूसमेत पु(याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भनी प्रशंसा गरे ।

सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति रहेको थियो । उनीहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताए ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  २ : ०३ बजे

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि