५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

भाेलि देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?



काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।

जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।

प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र  २२ जना अन्य मतदाता छन् ।  मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।

कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् ।  गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् ।  यस्तै, कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् ।  यो नेपालकै कम मतदाता रहेको प्रदेश पनि हो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ४ : ३३ बजे

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन