१५ असार २०८३, सोमबार | June 29, 2026

चितवन क्षेत्र नं १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको सुरुआती अग्रता



चितवन । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिएका छन्  । उनले तीन सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई सय ५२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले तीन सय २९ मत प्राप्त गरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

यस्तै चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिएका छन्  । एक हजार एक सय २६ मत गन्दा उहाँले पाँच सय ५४ मत प्राप्तगरेका छन्  भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन सय ९७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेका छन्  ।

यस क्षेत्रमा ६७।३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै