२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आज काठमाडौंमा यो वर्षकै बढी चिसो



काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ५५ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा