२ पुस २०८२, बुधबार | December 18, 2025

गुल्मी-१ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी, ज्ञवालीले मागे समर्थकसँग माफी



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता  भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै गुल्मी-१ बाट विजयी भएका हुन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३३ हजार सय ४४ मत ल्याएका छन् भने ज्ञवालीले ३२ हजार सय ५२ मत ल्याएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचन कार्यालयले नतिजा प्रकाशित नगर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत पराजय स्विकार गर्दै मत परिणाममा बदल्न नसकेकोमा मिर्थकहरुसँग क्षमा मागेका छन् । ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’ उनले लेखेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी(१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल