३ असार २०८३, बुधबार | June 17, 2026

गुल्मी-१ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी, ज्ञवालीले मागे समर्थकसँग माफी



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता  भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै गुल्मी-१ बाट विजयी भएका हुन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३३ हजार सय ४४ मत ल्याएका छन् भने ज्ञवालीले ३२ हजार सय ५२ मत ल्याएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचन कार्यालयले नतिजा प्रकाशित नगर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत पराजय स्विकार गर्दै मत परिणाममा बदल्न नसकेकोमा मिर्थकहरुसँग क्षमा मागेका छन् । ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’ उनले लेखेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी(१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : ०६ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै