२ पुस २०८२, बुधबार | December 18, 2025

प्रचण्डको चेतावनी – परिवर्तन उल्ट्याउने प्रयास सफल बनाउन दिइनेछैन



गोराखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वले अब पनि आत्मसमीक्षा नगर्ने हो भने देश अप्ठेरोमा पर्नसक्ने चेतावनी दिए ।

प्रचण्डले निर्वाचनको क्रममा विचार सिद्धान्त, मुद्दा, एजेन्डा भन्दा पनि आवगेमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्न खोजिएको टिप्पणी गरे । ‘संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको छ’, उनले भने, ‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो ।’

राजनीतिक दल र नेताहरुले यस परिस्थितिबारे एकचोटी आफैतिर फर्किएर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको उनले बताए । ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने, अब पनि सतर्क नहुने हो भने देश संकटमा फस्छ । ७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने उने स्पष्ट पारे ।

प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको दाबी समेत गरे । अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे ।

प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले आजै निर्वाचित भएको प्रमाणपत्र बुझेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल