१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

असन्तुष्ट दलहरुको अनुपस्थितीमै रुपन्देही २ को मतगणना शुरु



बुटवल । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितीमै निर्वाचन कार्यालयले मतगणना शुरु गरेको हो ।

मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धन सहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा उत्रिएका थिए । उनीहरुले पुनः मतदानको माग गर्दैै दिनभरी मतगणनास्थल बाहिर नाराबाजी गरेपनि निर्वाचन कार्यालयले साँझबाट एमाले, नेमकिपा र केही स्वतन्त्र उम्मेदारका प्रतिनिधिको उपस्थितीमा मतगणना शुरु गरेको हो ।

मतपेटिकामा र मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या मिलेको तर कम्प्युटर प्रविष्ट गर्दा कर्मचारीबाट कमजोरी भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि पटक पटक दलहरुलाई बोलाएको थियो । दलहरुले भने विवाद भएको वडामा पुनः मतदानको माग गर्दै बैठकमा बस्न अस्विकार गरेका थिए । रास्वपाका उम्मेदवार गणेश पौडेल सहित सत्ता गठबन्धनका नेताहरुले भने कम्प्युटरमा राखिएको डाटा भन्दा बढी संख्यामा मतपत्र भेटिएको भन्दै विरोध जनाइरहेका छन् ।

निर्वाचन कार्यालयले पटक पटक सर्वदलिय बैठकका लागि सूचना गर्दा पनि ती दलहरु उपस्थित नभएपछि मतगणना नियमितरुपमा शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले उम्मेदवार विष्णु पौडेले रास्वपाका उम्मेदवार गणेश पौडेललाई ९०६ मतले पछाडि पारेपछि रोकिएको मतगणना १४ घण्टा पछि शुरु भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण