१९ आश्विन २०८३, सोमबार | October 6, 2026

असन्तुष्ट दलहरुको अनुपस्थितीमै रुपन्देही २ को मतगणना शुरु



बुटवल । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितीमै निर्वाचन कार्यालयले मतगणना शुरु गरेको हो ।

मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धन सहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा उत्रिएका थिए । उनीहरुले पुनः मतदानको माग गर्दैै दिनभरी मतगणनास्थल बाहिर नाराबाजी गरेपनि निर्वाचन कार्यालयले साँझबाट एमाले, नेमकिपा र केही स्वतन्त्र उम्मेदारका प्रतिनिधिको उपस्थितीमा मतगणना शुरु गरेको हो ।

मतपेटिकामा र मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या मिलेको तर कम्प्युटर प्रविष्ट गर्दा कर्मचारीबाट कमजोरी भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि पटक पटक दलहरुलाई बोलाएको थियो । दलहरुले भने विवाद भएको वडामा पुनः मतदानको माग गर्दै बैठकमा बस्न अस्विकार गरेका थिए । रास्वपाका उम्मेदवार गणेश पौडेल सहित सत्ता गठबन्धनका नेताहरुले भने कम्प्युटरमा राखिएको डाटा भन्दा बढी संख्यामा मतपत्र भेटिएको भन्दै विरोध जनाइरहेका छन् ।

निर्वाचन कार्यालयले पटक पटक सर्वदलिय बैठकका लागि सूचना गर्दा पनि ती दलहरु उपस्थित नभएपछि मतगणना नियमितरुपमा शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले उम्मेदवार विष्णु पौडेले रास्वपाका उम्मेदवार गणेश पौडेललाई ९०६ मतले पछाडि पारेपछि रोकिएको मतगणना १४ घण्टा पछि शुरु भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक