७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

निर्वाचनमा माओवादीलाई नराम्रो झड्का, ४५ उम्मेदवारी, सफलता १८ सिटमात्र



काठमाडौं । नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रो झडका व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

यी हुन् माओवादीले जितेका निर्वाचन क्षेत्र :

माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

सुदूरपश्चिममा निल बन्यो माओवादी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ११ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल