१० चैत्र २०८२, मंगलबार | March 25, 2026

निर्वाचनमा माओवादीलाई नराम्रो झड्का, ४५ उम्मेदवारी, सफलता १८ सिटमात्र



काठमाडौं । नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रो झडका व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

यी हुन् माओवादीले जितेका निर्वाचन क्षेत्र :

माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

सुदूरपश्चिममा निल बन्यो माओवादी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ११ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण