२४ बैशाख २०८१, सोमबार | May 7, 2024

चुनावमा खराव नतिजा आएपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा



बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । मतगणनाको अन्तिम नतिजाहरु आउँदै गर्दा अध्यक्ष बरालले प्रदेशमा माओवादीको सन्तोषजनक नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

खबरकुरासँग कुरा गर्दै अध्यक्ष बरालले पार्टीको अपेक्षा र आँकलन गरे अनुरुप नतिजा निकाल्न नसकिएपछि आफुले पदबाट राजीनामा दिएको बताए ।

उनले आफ्नो राजीनामामा विभिन्न समस्याका वावजुद विजयी आफ्ना पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त व्यक्त गरेका छन् । बरालले लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका वावजुद प्रदेश पार्टीमा समस्याहरु रहेकाले नतिजा अनुकुल हुन नसकेको पनि बताएका छन् ।

प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकिएको, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको, उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न नसकिएको जस्ता विषयहरु बरालको राजीनामा पत्रमा औंल्याएका छन् ।

‘यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्न समेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैशियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ उनले लेखेका छन्, ‘अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुन सुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु ।’

अहिले सम्ममा लुम्बिनी प्रदेशसभाका लागि माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ४ स्थानमा मात्र सफलता प्राप्त गरेको छ । प्रतिनिधिसभा तर्फ पनि लुम्बिनी प्रदेशमा माओवादीको ४ स्थान हात परेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,