१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पार्टी अनुशासनका लागि आरोप र अपजस सहन तयार पौडेलको यस्तो छ राजनीतिक यात्रा



बुटवल । २०१६ मा स्याङ्जाको पुतलीबजारमा पिता देविलाल र रेवती पौडेलका छोराका रुपमा जन्मेका विष्णु पौडेललाई देशको उपप्रधान तथा अर्थमन्त्री, कुनै कालको एकीकृत नेकपाको महासचिव र विकासको पर्यायवाची नेताकारुपमा पुग्छन् भन्ने कमैले सोंचेका थिए होलान् । तर स्याङ्जाको एउटा गाँउमा जन्मेका एउटा गाउँले ठिटो देशकै चर्चाको शिखरमा पुग्न सफल भए । विद्यार्थीकालमा नै कम्युनिष्ट गतिबिधि लागेर गाँउमा शिक्षकका भेषमा संगठन बनाउन पुगेका कम्युनिष्टहरुबाट प्रभावित बनेका पौडेलले कम्युनिष्ट पार्टीको सम्पर्क भने २०३३ पछि मात्र पाएका थिए ।

पञ्चायती तानाशाही व्यवस्थामा व्यवस्था विरोधी कुरा गर्ने कसैलाई छुट थिएन । व्यवस्थाका विरोधमा राजनीति गर्नेहरुले सजिलै कसैलाई सम्पर्क दिँदैन थिए र परिचय पनि खुलाउँदैन थिए । फेरिपनि पौडेललाई ती मान्छेहरुसँग संगत गर्न मन लाग्ने, उनीहरुको कुरा सुन्न मन पराउने र उनीहरुले भनेको कुरा ठिक भएजस्तो भने लाग्ने गर्दथ्यो । त्यसो त पौडेलकै भिनाजु नाता पर्ने नेपाली कम्युनिष्ट आन्दोलनका धुरन्धर संगठक गोपीरमण उपाध्यायसँग हुने घरयासी भेटघाटबाट पनि पौडेल निकै प्रभावित थिए । २०३३ सालतिर कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएर बसेपछि मात्र विष्णु पौडेलले पञ्चायतका विरुद्ध नेपालका कम्युनिष्टहरुले थालेको भुमिगत राजनीतिका विषयमा जानकारी हुन थालेको थियो । उपाध्यायको घरमा पढ्न बस्दा पौडेलले तत्कालीन समन्वय केन्द्र र मुक्ति मोर्चाको बैठक बसेको देख्न पाउँथे र त्यहाँ आएका नेताहरुको कुरा सुन्न पाउँथे ।

राजनीतिको हुतहुतीले कहाँ जाउँ कता जाँ भइरहेका पौडेललाई कम्युनिष्ट नेता प्रदिप नेपालले उकास्दै कम्युनिष्ट राजनीतिमा उतारेका थिए । जेलब्रेक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भन्दै आकर्षक कुरा गर्न थालेपछि १७ बर्षीय पौडेल किताव कापी थन्काए कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।

पढाई छाडेर राजनीतिमा हामफालेपनि त्यतिबेला कम्युनिष्ट पार्टीको सदस्यता पाउन त्यति सजिलो थिएन । २०३५/३६ मा मोदनाथ प्रश्रितहरुसँगै जेल पर्दा सम्म पौडेल कम्युनिष्ट पार्टीको संगठित सदस्य थिएनन् ।

लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए । माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाए ।

२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे ।

२०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले विष्णु पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो ।

२०४७ सालमा नेकपा माले र माक्र्सबादीपार्टि बिच एकिकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भएका थिए ।

२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी सन्चालनको जिम्मेवारी दियो । गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे विष्णु पौडेले पाएका थिए । पौडेलकै बेलामा बनेका संगठन, सदस्यहरुको अध्यावधिक र व्यवस्थापनको जगमा एमाले थप सुदृध बनेको हो भन्दा फरक पर्दैन ।

पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए । त्यो सरकार ९ महिनामा ढल्यो । ०५४ सालमा बामदेव नेतृत्वमा पार्टी सरकारमा सामेल हुँदा पौडेल युवा तथा खेलकुद मन्त्री भए ।

महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याए । तर उनको मत बिपरित महाकालि सन्धि एमालेले बहुमतले पास गरेको थियो । त्यतीबेला माधव नेपाल, केपी ओली महाकाली सन्धीका पक्षमा थिए भने बामदेव, अमृत बोहरा सहित पौडेल विपक्षमा उभिए ।

२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भए ।

पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदातासंग नजिकिएर काम गर्न थाले जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने । भने तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएपछि चर्चाको शिखरमा पुगे । पौडेलको कार्य कुसलता प्रर्दशन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बन्न पुगे । जुन नेपाली राजनितीक ईतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए ।

०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका थिए ।

नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए ।

पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि पौडेललाई मानिन्छ । त्यसैको पुर्व एमाले र पुर्व माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता वुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेबारी पाएका थिए । ओली र प्रचण्डबीच दरार उत्पन्न भएपछि पार्टी विभाजनको अवस्थामा पुग्दा समेत पौडेलले पार्टीको एकता बचाउन अन्तिम अवस्था सम्म प्रयास गरेका थिए । विभाजनकै अवस्थामा पुग्दा एकता बचाउने अन्तिम प्रयास स्वरुप नेता बामदेव गौतमको घर खाना खान पुगेका पौडेललाई प्रचण्ड तर्फ नरम भएको आरोप लगाउँदै अर्का नेता शंकर पोखरेलले लगातार प्रहार गरिरहेका छन् । पार्टी बचाउन प्रयास गरेकै कारण पोखरेलले अध्यक्ष केपी ओलीलाई प्रभावमा पारेर एकीकृत नेकपा हुँदा महासचिव चलाएका पौडेललाई उपाध्यक्षमा बस्न बाध्यमात्र पारेनन् पौडेलको राजधानी बुटवलमा रहनु पर्छ भन्ने अडानमा समेत मौन बस्न बाध्य पारे । पार्टी अनुशासनमा खरो पौडेल पार्टी हाईकमाण्डले राजधानी दाङ लैजाने निर्णय गरेर ह्वीप लगाउने अवस्थामा पुगेपछि मौन बस्न बाध्य बने ।

पार्टी विभाजन भएर एमाले र माओवादी अलग अलग भएपछि पनि पोखरेलले पौडेललाई प्रहार गर्न छाडेका छैनन् । पौडेलको निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने विषय देखि पौडेल निकट बासुदेव घिमिरेको टिकट खोस्ने काम गर्न सम्म पोखरेलले भ्याइ नै रहेका छन् । अहिलेको निर्वाचनमा समेत प्रदेशसभामा आएका धेरै मतहरु अप्रत्याशितरुपमा घण्टीमा गएको देखेपछि पौडेल समर्थकहरुले राजधानी सार्ने काण्डसँगै जोडेर हेर्ने गरेका छन् ।

नेकपाभित्र कम वोल्ने र सामाजिक सञ्जालमा कमै प्रतिक्रिया दिने नेतामा पौडेल पर्छन । पार्टिलाई संकट पर्दा त्यसलाई निराकरण गर्नतिर लाग्ने उनलाई पार्टी भित्र कुन नेतामा कति क्षमता छ, अनि त्यसलाई उपयोग गरेर कसरी अगाडि वढन सकिन्छ भन्ने राम्रो ज्ञान भएको एमाले नेताहरु बताउछन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : १३ बजे

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत