१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज  १६९ कम्पनीकाे सेयर काराेबार वृद्धि हुँदा २० कम्पनीकाे मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी सेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। आज यस कम्पनीकाे ४५ करोड चार लाख बराबरकाे सेयर कारोबार भएको छ। दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दुरसंचार कम्पनीको सेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले  बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ। यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्राेपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ ।

डिप्राेक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले काराेबार वृद्धि भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले