२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज  १६९ कम्पनीकाे सेयर काराेबार वृद्धि हुँदा २० कम्पनीकाे मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी सेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। आज यस कम्पनीकाे ४५ करोड चार लाख बराबरकाे सेयर कारोबार भएको छ। दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दुरसंचार कम्पनीको सेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले  बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ। यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्राेपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ ।

डिप्राेक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले काराेबार वृद्धि भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ५३ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।