२ पुस २०८२, बुधबार | December 17, 2025

निर्वाचनको परिणामले राजनीतिक अस्थिरता निम्तिदैँन : सुवास नेम्वाङ



काठमाडौं  एमाले उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् ।

एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताएका हुन् ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताए ।

मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उनले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताए ।

लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताए ।

जनादेशअनुसार राजनीतिक दलअघि बढ्नुपर्ने भन्दै उनले संविधान कार्यान्वयनमा र लोकतन्त्रलाई असर नगर्नेगरी जनादेश नआएको बताए ।

एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेका जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ५८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व