३ चैत्र २०८२, मंगलबार | March 18, 2026

सुनवलका वडावडामै योजना सम्झौता



परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ ।

नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिइन ।

सम्बन्धित वडामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारीसहितको टोली पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गर्ने काम भईरहेको नगर प्रमुख अर्यालले बताए ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको मेयर अर्यालले उल्लेख गरिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीको लागि यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको बताए । उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने एउटै कामका लागि पटक-पटक आइरहनुपर्ने भएकोले उपभोक्तालाई सहज हुने उहाँले बताए ।

उनका अनुसार १३ वटा वडा रहेको नगरपालिकाका हालसम्म वडा नं. ४, ५ र १२ मा यो कार्यको शुरुआत भईसकेको छ भने बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रूपमा सञ्चालन गर्न यो सेवा वडा-वडामै लगिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ५३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड