१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत एकीकृत समाजवादीको मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

चुनाव परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन् । तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ’, खतिवडाले भने, ‘गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

समाजवादीले चुनावको सबै नतिजा सार्वजनिक भएपनि मात्रै सरकार गठनबारे स्पष्ट हुनसक्ने जनाएको छ ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : १२ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर