१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । यस समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २-० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो । खेलको २६ औँ मिनेटमा नेदल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ४८ औँ मिनेटमा नेदरल्यान्ड्सका अर्का खेलाडी फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो ।

यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो । इस्माएला सारले खेलको ४४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई पहिलो अग्रता दिलाए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफको ६८ औँ मिनेटमा इक्वेइडरका मोइसेस काइसेडोले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । तर खेलको ७० औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेइडर चार अङ्कसहित तेस्रो तथा कतारबिना अङ्क चौथो स्थानमा रह्यो ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ०४ बजे

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक