२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । यस समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २-० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो । खेलको २६ औँ मिनेटमा नेदल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ४८ औँ मिनेटमा नेदरल्यान्ड्सका अर्का खेलाडी फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो ।

यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो । इस्माएला सारले खेलको ४४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई पहिलो अग्रता दिलाए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफको ६८ औँ मिनेटमा इक्वेइडरका मोइसेस काइसेडोले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । तर खेलको ७० औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेइडर चार अङ्कसहित तेस्रो तथा कतारबिना अङ्क चौथो स्थानमा रह्यो ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ०४ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई