३० भदौ २०८३, मंगलबार | September 15, 2026

इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा



काठमाडौं । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १-० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’ बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो ।

जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अंक र वेल्स एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

रातिनै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३-० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ५८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज