८ चैत्र २०८२, आइतबार | March 22, 2026

स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन



काठमाडौं । स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।

एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए । तर, बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । जसकारण बिहीबार साँझदेखि मतगणना सुरु हुने भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ४४ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली