१२ असार २०८३, शुक्रबार | June 27, 2026

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी एचआईभी संक्रमितको उपचार रुपन्देहीमा

एचआईभी रोकथामको औषधीबाट किड्नीमा समस्या देखिएको गुनासो



बुटवल । लुम्बिनी प्रदेशका ११ जिल्ला मध्य सबै भन्दा बढी रुपन्देहीमा एचआईभी संक्रमितको उपचार चलिरहेको  छ । प्रदेशमा उपचाररत रहेका रहेका ४ हजार ३२५ मध्य १ हजार ४८७ जनाले रुपन्देहीबाट उपचार सेवा लिइरहेको प्रदे्श स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३५ औं विश्व एड्स दिवसको अवसरमा बुटवलमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रदेशका ११ जिल्लामा २३ वटा एचआईभि जांच गर्ने केन्द्र, २३ वटा बच्चाहरुमा एचआईभी परिक्षणका लागि नमुना संकलन केन्द्र, ११ जिल्लामा १५ वटा एआरबि सेन्टरहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मानबहादुर वलीले जानकारी दिए । सरकारी तथ्यांक अनुसार प्रदेशमा एचआईभी संक्रमितको संख्या ५ प्रतिशतले बढेको छ ।

उनले आमाबाट बच्चामा एचआईभि संक्रमण रोक्न गर्भवती महिलाको अनिवार्य एचआईभि टेष्ट प्रभावकारी भएको बताए।

सेभ द चिल्ड्रेनका मीम बहादुर सिहले कैदीबन्दीको क्षमताभन्दा बढी राख्ने र लामोसमय राखिदा उनिहरुमा समलिंगी यौन व्यवहार हुंदा उनीहरु जोखिममा पर्ने गरेको बताए । एचआईभि संक्रमितहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले अन्य रोगहरुको पनि संक्रमण देखिने गरेको उनले बताए।

एचआईभि संक्रमितहरुको राष्ट्रिय महासंघका अर्जुन ज्ञवालीले एचआईभी रोकथामको औषधी सेवन गरिरहेकाहरुमा किड्नीको समस्या देखा परेको बताए । उनले संक्रमितको भाइरल परिक्षण गर्न राजधानी पठाउनु पर्ने बाध्यताको अन्त्य गर्न माग गर्दै लुमिबनी प्रादेशिक अस्पतालमा परिक्षणको व्यवस्था गर्न माग गरे ।

स्थानिय, प्रदेश र संघ तीन तहकै सरकारबाट संक्रमितलाई लक्षित गरेर आवश्यक बजेट विनियोजन नहुदा पछिल्लोसमय संक्रमितहरु समस्यामा परेको उनले दुखेसो गरे।

नेपालमा सन १९८८ मा पहिलो संक्रमित भेटिएको थियो।

सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभि फोकल पर्सन भिमप्रसाद ज्ञवालीले ३५ औं विश्व एड्स दिवसको बुटवलमा विभिन्न कार्यक्रम गरी दिवस मनाइन लागिएको जानकारी दिए । दिवसको अवसरमा विहिबार प्रादेशिक अस्पतालबाट सामाजिक संघसंस्थाहरुको सहभागितामा प्रभातफेरि कार्यक्रम शुरु हुने र नगर परिक्रममा गरि कोणसभा गरिने उनले बताए ।

एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने नारासहित यो वर्ष विश्वभर मनाईदै छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : १९ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३