२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सुनसरी–४ मा कांग्रेसका कार्कीको पुनः अग्रता



काठमाडौं । सुनसरी क्षेत्र नम्बर-४ को मतगणना रोचक मोडमा पुगेको छ ।

मतगणनाको क्रममा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच काँटेका टक्कर चलिरहेको छ ।

निकै तिब्र प्रतिस्पर्धा भैरहेको यस क्षेत्रमा कुनै बेला कार्की अघि देखिएका छन् भने कुनैबेला कुसियैत ।

आज बिहान कुसियैतले कार्कीलाई ८२ मतले पछि पारेका थिए । अहिले कार्कीले मतान्तर घटाउँदै २७ मा झार्दै अहिले उनी १५ मतले अगाडि गएकाछन् ।

पछिल्लो मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार १२० पाएका छन्। एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ९ : ३३ बजे

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि