११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार सिलगुडी हुँदै पूर्वी नाकाबाट नेपाल ल्याएको थियो । त्यसपछि उनलाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ५ : ०४ बजे

Your email address will not be published.

ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस हुने नेपालको अपेक्षा

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान

सिद्धार्थ बैंकद्वारा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका लागि N-Tag सेवा सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुङ्गा-सिस्नेखोला

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : शंकर पोखरेल

पोखरा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका

राष्ट्रपतिसँग प्रधानमन्त्री बालेन्द्रको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका